डानिले कोलिन्सलाई पराजित गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा सेरेना विलियम्स

टेनिस

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले डानिले कोलिन्सलाई ६–६ र ६–४ ले हराएर चौथो चरणमा स्थान पक्का गरेकी हुन् ।

सातौं वरियाता प्राप्त अमेरिकाकी ३९ वर्षिया सेरेनाले अब एलिना रेबाकिनाविरुद्ध खेल्नेछिन्। सातौं वरियाताकी सेरेना अहिले प्रतियोगितामा सबैभन्दा उच्च वरियाताकी खेलाडी हुन्। २३ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् ।

यस्तै, पुरुषतर्फको खेलमा रुसका डेनील मेदभेदेव पनि चौथो चरणमा पुगेका छन् । दोस्रो वरीयताका डेनीलले रेली ओपेल्कालाई ६-४,६-२ र ६-४ ले पराजित गरे । यस्तै, जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ पनि चौथो चरणमा प्रवेश गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *