रोनाल्डोले राम्रो मौकामा गोल गर्न नसक्दा स्पेन र पोर्चुगल बराबरीमा

फुटबल

काठमाडौं। युरोकप फुटबलको तयारी स्वरुप गए राति स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको स्पेन र पोर्चुगल बिचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। १४७४३ दर्शकहरुको बीच सम्पन्न खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् ।

स्पेनले खेलको २७औं मिनेटदेखि नै गोल गर्ने अवसर पाएको थियो। त्यतिखेर अल्भारो मोराटाले दिएको पासमा फेरान टोरेसले गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो। ३७ औं मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हेडिङमा राम्रो अवसर पाए पनि उनको प्रहार बाहिरिएको थियो।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भएपनि स्पेन गोल गर्नबाट चुकेको थियो। स्पेनले गोल गर्न पाएको दुई मौकालाई सदुपयोग गर्न सकेन। मोराटा र फेरन टोरेस गोल गर्नबाट चुकेका हुन्।

त्यस्तै गएराति नै सम्पन्न अर्को मैत्रीपुर्ण खेलमा इटलीले चेक रिपब्लिकमाथि सहज जित निकाल्यो। इटलीको बोलोग्नामा सम्पन्न खेलेमा घरेलु टोलीले ४-० को सहज जित निकाल्यो।

यस्तै लात्भियाले लिथुवानियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, कोसोभोले माल्टालाई २-१ गेल अन्तरले हराउँदा हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया, आइसल्याण्डले फारोइ आइल्याण्ड र इस्टोनियाले फिनल्याण्डलाई समान १-० ले पराजित गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
2
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *