नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको सहज जित

फुटबल

काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले इकुवेडरलाई पराजित गरेको छ। शुक्रवार बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले इक्वेडरमाथि २-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ९०औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले २-० को सहज जित प्राप्त गर्यो। ब्राजिलका लागि नेयमारले उत्कृष्ट खेल प्रस्तुत गरे।

जितसँगै ब्राजिल ५ खेल खेलेर शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा कायम छ भने समान खेल खेलेर ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ। दोस्रो स्थानमा भने ११ अंक जोडेको अर्जेन्टिना रहेको छ। । चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
4
+1
0
+1
0
+1
2
+1
1