२०३० को बिश्वकप आफुहरुले आयोजना गर्ने पाउने पर्ने स्पेन र पोर्चुगलको माग

फुटबल

काठमाडौं । स्पेन र पोर्चुगलले सन् २०३० को फिफा विश्वकपका लागि संयुक्त रुपमा दाबी पेश गरेका छन् । गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् ।

स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले एट्लेटिको मड्रिडको स्टेडियममा संयुक्त दाबीको सम्झौता पत्रमा हस्ताक्षर गरे । सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । त्यस्तै सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले सन् २०३० को आयोजकको घोषणा भने सन् २०२४ मा गर्नेछ ।

सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् । सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0