आइपिएलमा मलाई ‘कालु’ भन्नेहरूले माफी माग्नुपर्छ- ड्यारेन सामी

क्रिकेट

काठमाडौं : वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व कप्तान ड्यारेन सामीले आइपिएल टिम सनराइजर्स हैदरावादका सहकर्मीले रंगभेद गरेको आरोप लगाएका छन्। उनले एक भिडिओ सार्वजनिक गर्दै आफूलाई हैदरावादका सहकर्मीले ‘कालु’ शब्द प्रयोग गरेको र ‘कालु’ को अर्थ थाहा नभएकाले आफू चुप बसेको बताएका छन्।

आइपिएल खेल्ने क्रममा खेलाडीहरूले धेरै पटक कालु शब्द प्रयोग गरेको उनले बताएका छन्। कालु शब्द उनीसँगै श्रीलंकाका थिसारा परेरालाई पनि प्रयोग गरेको उनको भनाइ छ। सामीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै आफूलाई ‘कालु’ भन्ने खेलाडीहरूले माफी माग्नु पर्ने समेत बताएका छन्।

‘मैले संसारभर क्रिकेट खेलेँ। जुन टिमबाट खेलेँ त्यहाँ मैले धेरै माया पाएँ। मैले हसन मिन्हाजलाई सुनिरहेको थिए। उनले बताइरहेका थिए, उनको संस्कृतिमा काला मान्छेलाई धेरै राम्रो मानिन्छ। तर यो सबैमा लागू हुँदैन। मैले जब यो शब्दको अर्थ जाने तबदेखि रिसाएको छु। सनराइजर्स हैदरावादबाट खेल्दा मलाई यो शब्दले बोलाइयो जुन काला जातीका लागि अपमानजनक शब्द हो,’ उनले भिडिओमा भनेका छन्,’त्यो बेला मलाई शब्दको अर्थ थाहा थिएन। जब उनीहरूले त्यो शब्दले बोलाउँथे सबै जना हाँस्न थाल्थे।’

सामीले दाबी गरेअनुसार भारतीय तीव्र गतिका बलर इशान्त शर्माले २०१४ मा आफ्नो इन्स्टाग्रममा एक तस्बिरमा सामीलाई कालु भनेका छन्। डेल स्टेन, भुवनेश्वर कुमार र सामीसँगै रहेको तस्बिरमा उनले लेखेका छन्,’म, भुवी, कालु र गन सनराइजर्स।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *