बलियो जोर्डनलाई हराउँन यस्तो छ नेपालको तयारी, मैदानमा कडा अभ्यास गर्दै खेलाडी (फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । विश्वकप तथा एसिया कप छनोट फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले भोलि नेपालले तुलनात्मक बलियो जोर्डनसँग खेल्दैछ । यी दुई देशबीचको खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।

बिहीवार चाइनिज ताइपेइविरुद्ध जित निकालेको नेपाली टोलीले एक दिनको आराम पछि पुनः आफ्नो तयारी गरेको छ । हिजो साझ नेपाली टिमले मैदानमा कडा अभ्यास गरेका छन् । जोर्डन चाइनिज ताइपेइ भन्दा निकै बलियो टोली रहेको कारणले नेपाललाई सोमवारको खेल केही कठिन रहने अपेक्षा गरिएको छ। यद्यपी नेपाली टिम उच्च मनोबलका साथ मैदानमा उत्रिने पक्का छ ।

यसअघि अवे खेलमा जोर्डनसँग उसकै भूमिमा नेपाल ३–० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने होम खेल कोरोना महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको हो। नेपाल रहेको समूह ‘बी’ को तालिकामा ५ खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
7
+1
1
+1
4
+1
1