पहिलो पटक कोहलीले बर्षभरी शतक बनाउन सकेनन्

क्रिकेट

नयाँ दिल्ली: अष्ट्रेलियाबिरुद्धको तेस्रो तथा अन्तिम खेलमा भारत १३ रनले बिजयी भयो । जितका बावजुत शिरिज भने अष्ट्रेलियाले २-१ ले जितेको छ । वनडे शिरिजको तिन खेलमा भारतिय कप्तान बिराट कोहलीले २ वटा अर्ध शतक बनाएपनि शतक भने बनाउन सकेनन् । शतककमा मामलामा यो बर्ष कोहलीको लागि सबैभन्दा खराब रह्यो । डेब्यु गरेदेखि पहिलो पटक यो बर्ष कोहली शतक बिहिन भए ।

टीम इंडियाका कप्तान विराट कोहलीले २००८ मा एकदिवसीय क्रिकेटको शुरुवात गरेका थिए, यसपछि २०२० मा पहिलो पटक उनले शतक विना वर्षको भयो। यद्यपि यस वर्ष टोलीले कोरोना महामारीका कारण धेरै खेलहरू खेल्न सकेन। कोहली (विराट कोहली) ले पदार्पण गरेदेखि नै शानदार प्रदर्शन गरेका छन र एक मात्र त्यस्तो ब्याट्सम्यान हो जुन वर्तमानमा भारतका महान ब्याट्सम्यान सचिन तेंदुलकरको शतकको संख्या नजिक छन् ।

सचिनको एकदिवसीय खेलमा ४९ शतक छ र कोहली अब सचिनको ४९ शतक भन्दा ६ शतक मात्र टाढा छन्। यो विराट कोहलीको क्यारियरको सबैभन्दा खराब वर्ष हो, २००८ पछि पहिलो पटक उनले बर्षभरी नै शतक बनाउन सकेनन् । ३२ वर्षीय कोहलीले तेस्रो वनडेमा ६२ रन बनाउँदा अस्ट्रेलियाको बिरुद्ध दोस्रो ओडीआईमा शतकबाट ११ रन टाढा रहे । त्यस्तै २०११ देखि पहिलो पटक उनक ब्याटिङ एभरेज पनि सबैभन्दा कम रहेको छ ।

बितेका बर्षहरुमा सधै कोहलीको ब्याटिङ एभरेज ५० भन्दा माथि थियो भने २०२० मा भने उनको ब्याटिङ एभरेज मात्र ४७.८८ रहेको छ । त्यस्तै तेस्रो वनडेमा कोहलीले सचिन तेन्दुलकरलाई पछ पार्दै वनडेमा सबैभन्दा छिटो १२ हजार रन बनाउने किर्तिमान समेत बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0