अर्मेनियामाथि स्वीडेनको सहज जित

फुटबल

काठमाडौं, जेठ २३ : युरोकप र विश्‍वकप छनौटको तयारीमा रहेको स्वीडेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्मेनियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १६ मिनेटमा फोसवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा डानिएलसनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए । त्यस्तै ६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर, खेलको ८५ औं मिनेटमा मार्कुसले गोल गर्दै स्विडेनलाई ३–१ को जित दिलाए ।

शनिबार राति भएका अरु मैत्रीपूर्ण खेलमा वेल्स अल्बानियासँग गोलरहित बराबरीमा रोकियो । रुसले बुल्गेरियलाई १–०, आइभरी कोस्टले बुर्किना फासोलाई २–१, इजरायलले मोन्टेनेग्रो तथा सेनेगलले जाम्बियालाई ३–१ र ट्युनिसियाले कंगोलाई १–० ले पराजित गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0