‘टी-२० ब्लास्ट’ खेल्न मौका गुमेपछि सन्दीले भने : ‘कसैले सहयोग नगरेका कारण ठुलो अवसार गुमाए, दुख लागेको छ’

क्रिकेट

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मा आयोजना हुने ‘भाइटालिटी टी-२० ब्लास्ट’ नखेल्ने भएका छन्। सन्दीपले सामाजिक सञ्जालमार्फत भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण आफू इङ्ल्याण्ड पुग्न नसक्दा खेल गुमाएको बताएका छन्। सन्दीपले २७ मेमा इङ्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो।

भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ । सन्दीप वोर्सेस्टरशायर र्‍यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलो पटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए । ​‘मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दा कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ।’ सन्दीपले सामाजिक सञ्जालमा भनेका छन् ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् । ‘द हन्ड्रेड’ जुलाई २२ देखि देखि अगस्ट २१ सम्म हुने तय छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
2
+1
4
+1
3
Tagged