नेपालले नामिबिया र स्कटल्यान्डसँग स्पेनमा त्रिकोणात्मक खेल्ने

क्रिकेट

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गतको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा हुने पक्का भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दका अनुसार उक्त त्रिकोणात्मक सिरिज जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको हो । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी कहाँ हुने टुंगो लागेपछि लिगको मिति घोषणा गरिनेछ।

स्पेनमा सिरिज गराउने विषयमा त्यहाँको स्थानीय सरकारले अनुमति दिन बाँकी रहेको पनि बताइएको छ। यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले एक सिरिज मात्र खेलेको छ। नेपालले पहिलो सिरिज घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो। ओमानसँगको दुवै खेल गुमाएको नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *