बलियो जोर्डनलाई हराउँने लक्ष्यका साथ मैदानमा उत्रिने नेपाली प्रशिक्षकको दाबी

फुटबल

काठमाडौं: कुवेतमा रहेका नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको खेलमा जितको लक्ष्यका साथ उत्रने बताएका छन्। जोर्डनविरुद्धको यो खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा नेपाली समय अनुसार राति पाने १० बजे हुनेछ ।

अल्मुताइरीले प्रि–म्याच कन्फ्रेन्समा नेपाल जोर्डनविरुद्ध उच्च मनोबलका साथ जितका लागि मैदानमा उत्रने बताए । ‘धेरैले हामीलाई अण्डरडग भन्दै जोर्डनविरुद्ध जित्न नसक्ने भनिरहेका छन्। तर हरेक खेल ०-० गोलमा सुरु हुन्छ र नतिजा मैदानको प्रदर्शनले दिन्छ। सुरुबाटै हाम्रो लक्ष्य जित्नेमा रहनेछ,’ प्रशिक्षक अलमुताइरीले भने, ‘एसियन कप क्वालिफायर्समा क्वालिफाइ हुने हाम्रो लक्ष्य हो। र त्यसका लागि हामीले जोर्डनलाई हराउनु पर्छ।’

अल्मुताइरीले नेपाली टोलीले जोर्डनविरुद्धको खेलका लागि भरपुर अभ्यास गरिरहेको बताए। “चाइनिज ताइपेइविरुद्धको खेलको लागि जस्तो अभ्यास गरेका थियौं, त्यत्तिकै अभ्यास अहिले पनि गर्दैछौँ”। नतिजा मैदानमा गरिने प्रदर्शनमा निर्भर रहन्छ । सबै मैदानमा नै देखिनेछ,” अलमुताइरीले भने ।

नेपाली टोलीले पछिल्लो समय गरेका प्रदर्शनहरु निकै उत्कृष्ट छ । इराकसँग मैत्रीपूर्ण खेलमा र चाइनिज ताइपेईसँग विश्वकप फुटबलमा खेलेको खेलमा धेरै परिवर्तन आएको छ । आफूभन्दा बलियो जोर्डनविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने हुने छैन । नेपालले छनोटअन्तर्गत भएको पहिलो भेटमा ३–० को पराजय बेहोरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged