नेपाल भर्सेज जोर्डन : ‘हेड टु हेड’ मा नेपाल भन्दा जोर्डन अगाडि

फुटबल

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले सोमबार (भोलि) बेलुकी पौने १० बजे जबेर अल अहमेद स्टेडियममा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। यही स्टेडियममा सम्पन्न यसअघिको खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले हराएको थियो।

फिफा वरीयतामा जोर्डन ९५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। नेपाल र जोर्डनबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा नेपालले दुई हार बेहोर्दा एक बराबरी खेलेको छ।

ती तीनै खेल विश्वकप छनोटका खेल हुन्। सन् २०११ मा भएको विश्वकप छनोटको पहिलो लेगमा जोर्डनले घरेलु मैदानमा नेपाललाई ९-० गोलले पराजित गरेको थियो। यो जित जोर्डनको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो जित हो।

एक सातापछि दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो। पछिल्लो पटक जोर्डन र नेपालबीच जारी विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो। आम्बानमा सो खेलमा नेपालमाथि जोर्डनले ३-० को जित हात पार्‍यो। तीन खेलमा जोर्डनले १३ गोल गर्दा नेपालले केवल १ गोल गर्न सकेको छ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
4
+1
0
+1
0