लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

फुटबल

काठमाण्डाै – लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *