रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

फुटबल

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा उसले अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित ग¥यो ।

खेलको १९औं मिनेटमा रियलले अग्रता लियो । युवा खेलाडी भिनिसियस जुनियरले लुका मोड्रिचको पासमा चिप गर्दै गोल गरे । पहिलो हाफमा इडेन हाजार्ड र मोड्रिचले केही उत्कृष्ट मुभ सिर्जना गरे पनि गोल हुन सकेन ।

दोस्रो हाफमा रियल म्याड्रिडले अग्रता दोब्बर बनायो । कप्तान सर्जियो रामोसले फ्रिकिकमा गोल गरेका थिए । रामोसले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोल भएको थियो ।

६३औं मिनेटमा टाकेफुसा कुबोले एकल प्रयासमा उत्कृष्ट मुभ बनाए पनि अन्त्यमा उनको प्रहारले पोस्टको बाहिरी भाग भेटेको थियो । ८२औं मिनेटमा मालोर्काका यानिस सालिबुरको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ९०औं मिनेटमा रियलका ब्राहिम डियाजको प्रहारलाई रेइनाले डाइभ दिँदै बचाए ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ । हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै अड्केको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *