स्वास्थ्यको कारण देखाउदै रोजर फेडेररले लिए फ्रेन्च ओपनबाट नाम फिर्ता

टेनिस

काठमाडौं । २० पटकका ग्राण्डस्लाम च्याम्पियन रोजर फेडेररले फ्रेन्च ओपन टेनिस प्रतियोगिता छाड्ने घोषणा गरेका छन् । आफ्नो स्वास्थ्यको कारण देखाउदै जारी फ्रेन्च ओपनको चौथो राउण्डमा पुगेका फेडररले नाम फिर्ता लिएका हुन् ।

घुँडाको शल्यक्रियापछि निरन्तर समस्यासँग जुधिरहेका उनले शरिरलाई थप दबाब नदिनका लागि यस्तो निर्णय लिएको बताएका छन् ।

‘घुँडाको दुई सर्जरीपछि र एक बर्षको आरामपछि मैले कुनै हतार गर्नु हुने थिएन । मैले मेरो टिमसँगको सल्लाहपछि प्रतियोगिता छोड्ने निर्णय गरेको छु । पूर्व विश्व नम्बर एक फेडेररले भनेका छन्,। तेस्रो चरणको खेलमा जर्मनीका डोमिनिक कोपफरसँग खेल्दा उनी पूर्णरुपमा फिट देखिएका थिएनन् ।

कोपफरविरूद्ध जित निकाल्न फेडररले धेरै संघर्ष गर्नुपरेको थियो। उनीहरुबीच साढे तीन घण्टा खेल चलेको थियो। चौथो चरणमा मातियो बेरेटिनीसँगको खेल तय भइसकेको अवस्थामा अब बेरेटिनीले वाकओभर पाउँदै सोझै क्‍वाटरफाइनलमा पुगेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *