जोर्डनसँग नेपाललाई बदला लिने अवसर, के बलियो प्रतिद्वन्द्वीसामु नेपालको जित संम्भव छ ?

फुटबल

काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत आज नेपाल र बलियो टिम जोर्डन भिड्दै छन् । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ । नेपाललाई जोर्डनले २०११ को जुलाई २३ मा विश्वकप छनौटकै खेलमा ९-० ले पराजित गरेको थियो भने त्यसको एक सातापछि काठमाडौँमा जुलाई २८ मा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो। नेपालले यसै विश्‍वकप छनौटको अघिल्लो खेलमा ३-० को हार व्यहोरेको थियो ।

यसअघि गएको बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । उक्त खेलमा अन्जन विष्‍ट र नवयुग श्रेष्‍ठले गोल गरेका थिए । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
1