नेपाल र जोर्डनबीचको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

फुटबल

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जोर्डनबीचको तुलना गर्दा जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान अगाडी रहेको छ। नेपाल हाल १७१औ स्थानमा रहेको छ भने जोर्डन ९५ स्थानमा रहेको छ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने देखिएको छ । तर, उसलाई आफूभन्दा बलियो जोर्डनविरुद्ध जित हात पार्न सहज भने हुने छैन ।

छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसरी हेर्नुस लाईभ

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने नेपाल र जोर्डनबिचको खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । यो खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछ । जोर्डन पछि नेपालले जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0