जोर्डनविरुद्ध नेपालकको रक्षात्मक रणनीति, यस्तो छ नेपालको पहिलो ११

फुटबल

काठमाडौं । नेपालले जोर्डनविरुद्ध प्रमुख प्रशिक्षक अब्दुल्हा अल्मुताइरी रक्षात्मक रणनीति अपनाएका छन्। चाइनिज ताइपेइविरुद्ध र आजको शुरुवाती ११ मा अल्मुताइरीले तीन परिवर्तन गरेका छन्।

ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै ताइपेइविरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा छैनन्।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन्। विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन्। सुमन अर्यालले मिडफिल्डमा स्थान बनाएका छन्।

यस्तो छ नेपालको पहिलो ११ः

गोलरक्षक : किरण चेमजोङ
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर : पुजन उपकोटी, सन्तोष तामाङ, सुमन लामा
फर्वार्ड : अभिषेक रिजाल, अन्जान विष्ट ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
1