वेस्ट इन्डिजविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

क्रिकेट

लन्डन । इंग्ल्यान्ड क्रिकेट बोर्डले घरेलु भूमिमा बुधबारदेखि सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टका लागि १३ सदस्य टोली घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१औं टेस्ट कप्तान बन्नेछन् ।

स्थायी कप्तान जो रुटले पारिवारिक समस्याका कारण टोलीसँग उपलब्ध नहुने भएपछि स्टोकले कप्तानी गर्ने मौका पाएका हुन् । उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै आएका स्टोक्सले हालसम्म घरेलु क्रिकेटमा समेत कप्तानी गरेका छैनन् । स्टोक्सलाई सीमित ओभरमा ओइन मोर्गनपछिको भावी कप्तानका रूपमा समेत हेरिँदै आएको छ । जसले पहिलो टेस्टको कप्तानीले धेरै प्रभाव पार्ने देखिन्छ ।

कोरोनाका कारण गएको मार्चपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । इंग्ल्यान्डको टोलीमा जेम्स एन्डरसन, जोफ्रा आर्चर, स्टुअर्ट ब्रोड, क्रिस बोक्स र मार्क वुड तीव्र गतिका बलरको रूपमा छन् । युवा स्टार श्याम करण भने रिजरर्भ खेलाडीमा अटाएका छन् ।

इंग्ल्यान्ड टोली : बेन स्टोक्स (कप्तान), जेम्स इन्डरसन, जोफ्रा आर्चर, डोम बेस, स्टुअर्ट ब्रोर्ड, रोरी बर्नस, जस बटलर (विकेटकिपर), ज्याक क्रली, जो डेनली, ओली पोप, डोम सिब्ले, क्रिस ओक्स र मार्क बुड ।

पहिलो टेस्ट : जुलाई ८ देखि १२ सम्म
दोस्रो टेस्ट : जुलाई १६ देखि २० सम्म
तेस्रो टेस्ट : जुलाई २४ देखि २८ सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *