सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने पक्का, ९० हजार अमेरिकी डलरमा अनुबन्ध

क्रिकेट

काठमाडौं, २२ असार । यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपको न्युनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) रहेको थियो ।

यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा ७ विकेट हात पारेका थिए ।

त्यसैगरी २०१९ को सिजनमा बार्बडोस ट्रिडेन्ट्स बाट खेलेका सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए । नेपाली राष्ट्रिय टोलीको खेल त्यही समयमा परेकाले उनी उक्त सिजनलाई बीचमै छाडी राष्ट्रिय टिमसँग समावेश भएका थिए । त्यस सिजन उनको टिम बार्बडोसले उपाधि नै जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *