विराट कोहलीलाई दोहोरो पदमा बसेर फाइदा उठाएको आरोप

क्रिकेट

भारत : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई दोहोरो पदमा बसेर फाइदा उठाएको आरोप लागेको छ । मध्यप्रदेश क्रिकेट एसोसिएसनका आजीवन सदस्य संजीव गुप्ताले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का ईथिक्स अफिसर डिके जैनलाई कोहलीले दोहोरो पदमा बसेर फाईदा उठाएको भनी मेल पठाएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

बीसीसीआईको नियम अनुसार एक व्यक्ति एक पदमा रहन पाउने नियम छ । कोहलीले यही नियम उल्लङ्घन गरेको कारण एक पद त्याग्नु पर्ने माग संजीव गुप्ताले राखेका छन । गुप्ताले बिसिसिआईलाई पठाएको इमेलमा कोहलीको स्पोर्टस एलएलपी कम्पनीमा लगानी रहेको आरोप लगाएका छन् ।

यस कम्पनीमा दुई मालिक रहेको र त्यस मध्ये एक कोहली रहेको पनि मेलमा उल्लेख छ । त्यस्तै कोहली कर्नेष्टो भेन्चर पार्टनर एलएलपीमा निर्देशकको रूपमा रहेको पनि उल्लेख छ । भारतीय सर्वोच्च अदालतले अनुमोदन गरेको बीसीसीआई नियम ३८ को ४ अनुसार एक व्यक्ति दुई पदमा बस्न नपाइने र यसै अनुसार कोहलीले एक पद छाडनु पर्ने माग राखी इमेल पठाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *