पहिलो हाफमा जोर्डनलाई १-० को अग्रता

फुटबल

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपाल र जोर्डनबीच खेलको पहिलो हाफमा जोर्डनले १-० को अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।

डि–बक्समा बल क्लियर गर्ने क्रममा नेपाली खेलाडीले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै जोर्डनका प्रहारहरुको बचाउ गरेका छन् ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *