लाट्भियाको पोस्टमा जर्मनीले गर्‍यो आधा दर्जन गोल

फुटबल

काठमाडौं । युरोकपको तयारीमा रहेको जर्मनीले मैत्रीपूर्ण खेलमा फराकिलो अन्तरको जित निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ ले पराजित गरेको हो ।

जर्मनको जितमा थोमस मुलरले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरे । जर्मनीले ६ गोल आफैले गरेको हो भने एक गोल उपहारस्वरुप पायो। जर्मनीका लागि गोसेन्स, इल्केइ गुण्डोगान, थोमस मुलर, ग्नाब्री, टिमो वेर्नर र लिरोय सानेले गोल गरे। लात्भियाका लागि एक मात्रै गोल ७५औँ मिनेटमा सेभल्जेभ्सले गरे ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससँग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसँगै पोर्चुगल र हंगेरीसमेत छन् । यस्तै सोमबार राति भएका अरु खेलमा युक्रेनले साइप्रसलाई ४–० तथा फारोइ आइल्याण्डले लिचेस्टाइनलाई ५–१ ले हराएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0