जोर्डनसँग ३-० को नमिठो हार, अंक तालिकाको चौथो स्थानमा नेपाल

फुटबल

काठमाडौँ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ।

कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे । खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए ।

त्यसपछि ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे । यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’मा ६ खेलबाट १३ अंक भएको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलियाको ५ खेलबाट १५ अंक छ। कुवेतको ६ खेलबाट १० अंक छ। नेपाल सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0