नेपाली प्रशिक्षक अल्मुताइरीले भने : ‘पेनाल्टी नदिएको भए नतिजा अर्कै हुनसक्थ्यो’

फुटबल

काठमाडौं। विश्वकप २०२२ तथा एसियन कप २०२३ फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएकाे खेलमा नेपाल ३-० ले पराजित भएकाे हाे। याे नेपालमाथि जाेर्डनकाे दाेहाेराे जित हाे।

खेलपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्ध पहिलो हाफमा पेनाल्टी नदिएको भए नतिजा फरक आउन सक्ने बताएका छन्। ‘‘पहिलो हाफमा हामीले एउटा गल्ती गयौं। त्यो पेनाल्टी नदिएको भए सायद नतिजा पनि फरक हुनसक्थ्यो। पेनाल्टीमा गोल खाएपछि जोर्डनले आरामले खेल्न पायो।’’ अल्मुताइरीले भने ।

‘हामीले राम्रो खेल्यौं। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। तर पेनाल्टीले खेल परिवर्तन भयो। पेनाल्टीपछि जोर्डनमा आत्मविश्वास आयो,’ उनले भने। सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
3
+1
2
+1
1