कप्तान सुनिल क्षेत्री चम्किएपछि बंगलादेशमाथि भारतको सहज जित

फुटबल

काठमाडाैं : सुनिल क्षेत्रीको दुई गोलप्रेरित भारतले विश्वकप क्वालिफायर्स अन्तर्गत समूह ‘इ’ को खेलमा सहज जित हात पारेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सोमबार भएको खेलमा भारतले बंगलादेशमाथि २-० को जित हात पारेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतका लागि दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए। खेलको ७९ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को जित दिलाए ।

विश्वकप क्वालिफायर्स अन्तर्गत समूह ‘इ’ मा कतार ७ खेलबाट १९ अंक जोड्दै शीर्षस्थानमा छ। भने १२ अंक जोडेको ओमन दोस्रो र ६ अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ। बंगलादेश दुई अंकका साथ पुछारमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0