नेपाली मुलका भारतिय कप्तान सुनिल क्षेत्रीले मेसिलाई पछि पारे

फुटबल

काठमाडौं । भारतिय कप्तान सुनिल क्षेत्रीले सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन्। योसँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा मेसिलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिए। नेपाली मुलका भारतिय नागरिक हुन ।

यो किर्तिमन बनाउने क्रममा सुनिलले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोलक रेकर्ड रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेलमा १०३ गोल गरेका छन् ।

तेस्रो स्थानमा ७३ गोल सहित युएईका अली अहमद छन्। चौथो स्थानमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी छन्। मेसीले अर्जेन्टिनाका लागि १४३ खेल खेल्दै ७२ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी भने इरानका अली दाई हुन् । उनले १४९ खेलबाट १०९ गोल गरेका छन् रोनाल्डो दोस्रो तथा सुनिल क्षत्री १०औँ स्थानमा रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
12
+1
2
+1
7
+1
6
+1
7
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *