नेपालले हराएको चाइनिज ताईपेलाई अष्ट्रेलियाले ५–१ गोल अन्तरले हरायो

फुटबल

मेरो खेलकुद । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत नेपालकै समुहमा रहेको अष्ट्रेलियाले लगातार छैटौं जित निकालेको छ । कुवेतमा सोमबार राति भएको खेलमा चाईनिज ताईपेलाई ५–१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले समुहमा अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।

यसअघि पहिलो खेलमा नेपालले पनि चाईनिच ताईपेलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अब २८ गते नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाको जितमा मिचेल डुकले दुई गोल गरे भने ह्यारी साउटर, जेमी म्याकक्लेरन र ट्रेन्ट सैन्सबरीले एक एक गोल गरे । ताईपेका लागि वि जी गोआले एक गोल फर्काए ।

बिश्वकप छनोटको समूह ‘बी’मा अष्ट्रेलिया ६ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । समूह ‘बी’मा ६ खेलबाट १३ अंक भएको जोर्डन तालिकाको दोस्रो स्थानमा छ। कुवेतको ६ खेलबाट १० अंक छ। नेपाल सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। ताईपे तालिकाको पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0