डच टिमका डोनी भान डी विकले युरोकप नखेल्ने

फुटबल युरो कप

एजेन्सी। युरोकप फुटबल नजिक आउँदै गर्दा नेदरल्यान्ड्सलाई भने झड्का लागेको छ । उसको महत्वपुर्ण मिडफिल्डर डोनी भान डी विकले चोटको कारण युरोकप गुमाउने भएका छन्। म्यानचेस्टर युनाईटेडका मिडफिल्डर भान डी विकले युरोकप नखेल्ने डच फुटबलले समेत पुष्टि गरेको छ ।

युरोकपका लागि घोषणा गरेको टिममा परेका डी विकको स्थानमा नेदरल्यान्ड्स एफएले उनको स्थानमा अन्य खेलाडीलाई टिममा समावेश नगर्ने जनाएको छ। २४ वर्षे भान डी विकले नेदरल्यान्ड्सबाट १९ खेल खेलेका छन्।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा हुँदैछ । नेदरल्यान्ड्सले युरोकपको समूह ‘सी’ अन्तर्गत जुन १३ मा युक्रेनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेदरल्यान्ड्स टोली :

गोलरक्षक : जास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलेनबर्ग
डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, डेन्जेल डमफ्राइज, जुरिएम टिम्बर, प्याट्रिक भान आनहल्ट, जोल भेल्टम्यान, ओवेन विन्दाल
मिडफिल्डर : फ्रेंकी डे जोङ, मार्टेन डे रुन, रायन ग्राभनबर्च, डेभि क्लासेन, तिउन कुपमेनेर्स, डोनी भान डे बिक, जर्जिनियो वाइनाल्डम
फरवार्ड : स्टिभन बर्घिअस, लुक डे जोङ, मेम्फीस डिपाए, कोडी गाक्पो, डोनी मालेन, क्विन्सी प्रोमेस, वुट वेघोर्स्ट

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *