कोलम्बियासँग दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

फुटबल

काठमाडौं। अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत कोलम्बियासँग बराबरी खेल खेलेको छ। कोलम्बियास्थित स्टेडियो मेट्रोपोलिटानोमा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । कोलम्बियाले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेको थियो ।

खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेट पनि नबित्दै लियान्ड्रो पारेडेसले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। पीएसजीका मिडफिल्डर पारेडेसले निकोलस गोल्जालेजको पासमा अर्जेन्टिनाको लागि दोस्रो गोल गर्न सफल भएका थिए।

तर पहिलो हाफको यो अग्रतालाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । खेलको ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुईस फर्नान्डोले कोलम्बियाको खाता खोले। इन्जुरी टाइममा कोलम्बियाका मिगुएल बोर्जाले गोल गरेपछि अर्जेन्टिना जितबाट बन्चित भयो ।

बराबरीसँगै ६ खेलबाट १२ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने ८ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ। त्यस्तै आज बिहाननै सम्पन्न अर्को खेलमा भेनेजुएला र उरुग्जे गोलरहित बराबरीमा रोकिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *