बुल्गेरियामाथि फ्रान्सको शानदार जित

फुटबल

एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले अन्तिम अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० ले पराजित गरेको हो ।

खेलको २९ औँ मिनेटमा ग्रिजम्यानले गोल गरि फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । फ्रान्सका लागि दोस्रो हाफमा ओलिभर जिरुडले दुई गोल थपे। उनले खेलको ८३ र ९० औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए।

त्यस्तै गएराति नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्ड र आइसल्याण्ड बराबरीमा रोकिँदा स्पेनको यू २१ टोलीले लिथुआनियामाथि ४-० को सहज जित निकालेको थियो।
यही जुन ११ देखि सुरु हुने युरोकपमा फ्रान्स ग्रुप अफ डेथमा छ । समूह एफमा फ्रान्ससँगै साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1