ऋषभ पन्तलाई हटाएर पुन: श्रेयस एैयरलाई कप्तान बनाउँदै दिल्ली क्यापिटल्स

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलका बाँकी खेल युएइमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसीसीआइको विषेश बैठकले कोरोना भाइरसका कारण स्थगित गरिएको आइपिएल सेप्टेम्बर अक्टोबरमा पुन सुरु गर्ने निर्णय गरेको हो । खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि गत मे ४ मा टि ट्वान्टी प्रतियोगिता आइपिएल स्थगित भएको थियो ।

आइपीएल स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा थियो । आठ खेलेर दिल्लीले १२ अंक बटुलेको अवस्था थियो । अबका दुई खेल जिते दिल्ली प्लेअ–अफमा पुग्नेछ । उसो त आइपीएल युएईमा हुने खबरले दिल्ली खुशी नै भएको हुनुपर्छ । किनभने आइपीएल २०२० पनि युएईमै खेलाइदा दिल्लीको प्रदर्शन सन्तोषजनक थियो । तर आईपिएल सुरु हुनु भन्दा अगाडि दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई ठुलो झड्का दिने तयारी गरेको छ ।

युईईमा सेप्टेम्बरमा सुरु हुने आईपिएलमा दिल्ली क्यापिटल्सले ऋषभ पन्तलाई कप्तानबाट हटाउने तयारी गरेको छ । भारतमा स्थगित भएको आईपिएलमा नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि दिल्लीले पन्तलाई कप्तानी सुम्पिएको थियो। जहाँ उनले शानदार प्रदर्शन गर्दै दिल्लीलाई शिर्ष स्थानमा पुर्याएका थिए । तर अब शल्यक्रियापछि श्रेयस अय्यर फिट हुँदै गएका छन् र उनले आईपीएलका बाँकी खेलमा सहभागी हुने सम्भावना बलियो रहेको छ।

भारतिय मिडियाको अनुसार श्रेयस अय्यर आईपिएल हुने बेलासम्म पुर्ण फिट भई टिममा उपलब्ध हुनेछन् । त्यसैले दिल्लीले ऋषभ पन्तलाई कप्तानिबाट हटाएर पुन: श्रेयसलाई कप्तानि बनाउने तय जस्तै छ । गतबर्ष यूएईमा भएको आईपिएलमा पनि दिल्लीको कप्तान श्रेयस अय्यरले नै गरेका थिए। जहाँ दिल्ली पहिलो पटक फाईनलमा पुगेको थियो । तर, फाइनलमा मुम्बईसँग पराजित भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged