चेल्सीलाई ३–१ गोल अन्तरले हराउँदै म्यान सिटी शीर्ष पाँचमा

फुटबल

काठमाडौं : म्यानचेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । पछिल्लो खेलमा गएराती चेल्सीलाई ३–१ गोल अन्तरले हराउँदै म्यान सिटी तालिकाको पाँचौं स्थानमा पुगेको हो ।

चेल्सीको मैदान स्टाम्पफोर्ट ब्रिजमा सिटीलाई जिताउन ईल्के गोण्डुगान, फिल फोडेन र केभिन डि ब्रुयेनले गोल गरे । चेल्सीका हुड्सन ओडोईले सान्त्वना गोल फर्काए । चेल्सीबिरुद्ध सिटीले तीनै गोल खेलको पहिलो हाफमै गरेको थियो ।

१८ औं मिनेटमा गोण्डुगानले सिटीलाई अग्रता दिलाएका थिए । फोडेनले २१ र डि ब्रुयेनले ३४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्‍याए । ओडोईले ईन्ज्युरी समयमा गोल गर्दै चेल्सीको अन्तर घटाएका थिए ।

१५ खेलबाट २९ अंक जोडेको सिटी समान अंक भएको टटनह्यामसँग गोल अन्तरमा पछि परेको हो । गएराती नै लेष्टर सिटीले न्यु क्यासल युनाईटेडलाई २–१ गोल अन्तरले स्तब्ध पार्‍यो । बर्ष २०२१ को सुखद सुरुवात गर्ने क्रममा लेष्टरका जेम्स माडिसन र योरी टेलिमान्सले गोल गरे ।

न्यु क्यासलका एण्डे कारोलले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमै सम्भव भएका थिए । १७ खेलबाट ३२ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा कायम छ । प्रिमियर लिग फुटबलमा आज लिभरपुल र साउथहेम्प्टन प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0