रोनाल्डोको गोलमा इजरायलमाथि पोर्चुगलको शानदार जित

फुटबल युरो कप

काठमाडौँ : युरोकपको तयारीमा रहेको पोर्चुगलले मैत्रीपूर्ण फुटबल खेलमा इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो ।

खेलको ४२औं मिनेटमा फेर्नान्डेसले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । ४४औं मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे । उनलाई गोल गर्न पनि फर्नान्डेजले नै पास दिएका थिए।

क्यानसेलोले ८६ औं मिनेटमा गोल गरे भने फेर्नान्डेसले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गोल गरेपछि पोर्चुगलले ४–० को जित दर्ता गर्न सफल भएको हो ।

साविक विजेता रहेको पोर्चुगलले युरोकपमा पनि शानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । पोर्चुगल युरो २०२० मा समूह ‘एफ’ मा छ। यो समूहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी छन्। पोर्चुगलले युरोकप २०२० अन्तर्गत आउँदो मंगलबार हंगेरीसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0