कोपा अमेरिकाको खेल तालिका नेपाली समयअनुसार

फुटबल

काठमाडौँ : आइतबार रातिदेखि कोपा अमेरिकाको २७औं संस्करण सुरु हुँदैछ । कोलम्बिया-अर्जेन्टिना-अर्जेन्टिना हुँदै ब्राजिल पुगेको कोपा अमेरिका २०२१ को पहिलो खेलमा घरेलु टोलीले उत्तरी छिमेकी मुलुक भेनेजुएलाको सामना गर्नेछ । सन् २०२० मै अर्जेन्टिना र कोलिम्बयाले संयुक्त रूपमा आयोजना गर्ने तय भएको प्रतियोगिता १ वर्ष पछाडि धकेलिएको हो ।

दुबै देशमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि अन्तिम समयमा आएर दक्षिण अमेरिकी फुटबल महासंघले ब्राजिललाई आयोजनाको जिम्मा दिएको थियो । कोपा अमेरिकाको खेल तालिका अनुसार जुन १३ मा ब्राजिल र भेनेजुएलाको खेलबाट प्रतियोगिताको सुरुवात हुनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १० मा हुनेछ ।

समूह विभाजन

समूह ए : अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे
समूह बी : ब्राजिल, कोलोम्बिया, भेनेजुएला, इक्वेडर, पेरु

समूह चरणका खेलहरु जुन १४, सोमबार

ब्राजिल विरुद्ध भेनेजुएला – विहान २:४५ बजे
कोलोम्बिया विरुद्ध इक्वेडर – विहान ५:४५ बजे

जुन १५, मंगलबार

अर्जेन्टिना विरुद्ध चिली – विहान २:४५ बजे
पराग्वे विरुद्ध बोलिभिया – विहान ५:४५ बजे

जुन १८, शुक्रबार

कोलोम्बिया विरुद्ध भेनेजुएला – विहान २:४५ बजे
ब्राजिल विरुद्ध पेरु – विहान ५:४५ बजे

जुन १९, शनिबार

चिली विरुद्ध बोलिभिया – विहान २:४५ बजे
अर्जेन्टिना विरुद्ध उरुग्वे – विहान ५:४५ बजे

जुन २१, सोमबार

भेनेजुएला विरुद्ध इक्वेडर – विहान २:४५ बजे
कोलोम्बिया विरुद्ध पेरु – विहान ५:४५ बजे

जुन २२, मंगलबार

उरुग्वे विरुद्ध चिली – विहान २:४५ बजे
अर्जेन्टिना विरुद्ध पराग्वे – विहान ५:४५ बजे

जुन २४, बिहीबार

इक्वेडर विरुद्ध पेरु – विहान २:४५ बजे
ब्राजिल विरुद्ध कोलोम्बिया – विहान ५:४५ बजे

जुन २५, शुक्रबार

बोलिभिया विरुद्ध उरुग्वे – विहान २:४५ बजे
चिली विरुद्ध पराग्वे – विहान ५:४५ बजे

जुन २८, सोमबार

ब्राजिल विरुद्ध इक्वेडर – विहान २:४५ बजे
भेनेजुएला विरुद्ध पेरु – विहान २:४५ बजे

जुन २९, मंगलबार

उरुग्वे विरुद्ध पाराग्वे – विहान ५:४५ बजे
बोलिभिया विरुद्ध अर्जेन्टिना – विहान ५:४५ बजे

क्वाटरफाइनल :

३ जुलाई, शनिबार – समुह बी दोस्रो स्थान विरुद्ध समूह ए तेस्रो स्थान – विहान २:४५ बजे – क्वाटरफाइनल १
३ जुलाई, शनिबार – समुह बी विजेता विरुद्ध समूह ए चौथो स्थान – विहान ५:४५ बजे – क्वाटरफाइनल २
४ जुलाई, आइतबार – समूह ए दोस्रो स्थान विरुद्ध समूह बी तेस्रो स्थान – विहान ३:४५ बजे – क्वाटरफाइनल ३
४ जुलाई, आइतबार – समूह ए विजेता विरुद्ध समूह बी चौथो स्थान – विहान ६:४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल :

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४:४५ बजे
७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६:४५ बजे

तेस्रो स्थान : १० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे
फाइनल : ११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५:४५ बजे

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1