भारतिय कप्तान सुनिल क्षेत्रीले भने : ‘मेसिसँग मेरो तुलना हुनै सक्दैन’

फुटबल

काठमाडौं । सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा बंगलादेशविरुद्ध दुई गोल गर्दै भारतिय कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन्। योसँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा मेसिलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिए।

यो किर्तिमान बनाउने क्रममा सुनिलले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सक्रिय खेलाडीमध्ये भने पोचुर्गलका क्रिस्टियानो रोनाल्डोको नाममा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोलक रेकर्ड रहेको छ । रोनाल्डोले पोर्चुगलका लागि १७४ खेलमा १०३ गोल गरेका छन् । तर सुनिलले मेसिलाई उचिनेपछि धेरैले उनको तुलन मसिसँग गरिरहेका छन् ।

उता स्वयम् सुनिल क्षेत्रीभने आफ्नो तुलना मेसिसँग हनै नसक्ने बताउछन् । ‘मेरो मेस्सीसँग तुलना हुन सक्दैन । उच्च गोलकर्ताको सूचीमा पर्ने जो सुकै पनि खुशी हुन्छ । म पनि खुशी छु । सबै भारतीय प्रशन्‍न छन् । तर मेसिसँग भने आफुलाई दाज्न मिल्दैन । ३६ वर्षिय सुनिलले बुधबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने । मेस्सी विश्व फुटबलका महान खेलाडी हुन् । म मात्रै होइन, पूरै विश्व उनको फ्यान हो,’ ।

‘फुटबल बुझ्नेलाई राम्रोसँग थाहा छ, दुई खेलाडीलाई दाज्न मिल्दैन । म यो पक्षमा खुसी छु कि मैले आफ्नो देशको लागि १ सय भन्दा बढी खेलमा प्रतिनिधित्व गर्ने मौका पाएको छु,’ भारतीय कप्तानले भने ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
4
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *