कसरी र कहाँबाट सुरु भयो युरोकप फुटबल ? यस्तो छ इतिहास

फुटबल युरो कप

एजेन्सी । युरोकप फुटबलको सुरुवात सन् १९६० मा फ्रान्सबाट सुरु भएको हो । जसमा १७ राष्ट्रले मात्र सहभागिता जनाएको थियो । पहिलो संस्करणको युरोको फाइनलमा सोभियत युनियनले युगोस्लाभियालाई २–१ ले पराजित गरेको थियो ।दोस्रो युरो स्पेनमा आयोजना भएको थियो । जसमा टिम बढाएर २९ पुर्याएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो संस्करणको युरोको उपाधि इटालीले जितेको थियो । सन् १९७२ मा आयोजनाको जिम्मा बेल्जियमले पायो । यसै प्रतियोगिताबाट जर्मन एक पावरहाउस टिमको रुपमा विश्व सामू चिनियो । जसले युरो मात्र जितेन, त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो । सन् १९७६ मा भएको फाइनल खेलमा खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ आयोजक युगोस्लाभियाले वेस्ट जर्मनलाई ५-३ ले पराजित गरेको थियो ।

चार चार वर्षमा आयोजना हुँदै आएको युरोको १९९० को संस्करणमा मात्र ८ टोलीले सहभागिता जनाएका थिए । जसमा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको विजेताले फाइनलमा स्थान बनाउने थिए भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम थियो । यस संस्करणमा वेस्ट जर्मनले बेल्जियमलाई पराजित गर्दै दोस्रो पटक युरोको उपाधि जितेको थियो । त्यसपछिका तीन संस्करण पनि यहिँ फर्म्याटमा आयोजना भएका थिए । जसमा फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्कले जितेको थियो ।

१९९६ मा आयोजना भएको युरोमा फेरी १६ राष्ट्रले सहभागिता जनाए । वेस्ट जर्मनबाट जर्मनमा रुपान्तरीत जर्मनले यस पटकको युरो उपाधि जितेको थियो । २००० को युरो पहिलो पटक दुई राष्ट्र (नेदरल्यान्ड्स र बेल्जियम) मा आयोजना भयो । १९९८ को विश्वकप विजेता टोली फ्रान्स नै यस युरोको च्याम्पियन बनेको थियो ।

इटालीसँग १–० ले पछि परेको अवस्थामा फ्रान्सले गोल गर्दै ९० मिनेटको समयमा खेल बराबरीमा ल्याएको थियो । त्यसपछि अतिरिक्त समयमा थप एक गोल गर्दै फ्रान्सले युरोको उपाधि जितेको थियो । सन् २००४ को युरो आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुगेको थियो । तर, पोर्चुगलले उपाधि जित्न सकेन् । फाइनल खेलमा ग्रिसले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

२००८ को युरोमा स्पेनले जर्मनलाई पराजित गर्दै उपाधि जित्यो । यहि प्रतियोगिताबाट पावरहाउसको रुपमा अगाडी बढेको स्पेनले त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकप र २०१२ मा पोल्याण्ड र युक्रेनमा आयोजना भएको युरोको उपाधि जित्दै आफ्नो स्वर्णिम युगको सुरुवात गरेको थियो । २०१२ को विश्वकपमा स्पेनले इटालीलाई ४–० को फराकिलो हार चखाएको थियो ।

पहिलो पटक २४ राष्ट्र सहभागिता रहेको युरो २०१६ को आयोजना फ्रान्सले गरेको थियो । यस पटकको युरोको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगलबीच भएको थियो । जहा पोर्चुगलले फ्रान्सलाई १-० लेपराजित गर्दै उपाधि जित्यो । २०२० मा आयोजना हुनु पर्ने युरो यस वर्ष हुँदैछ । कोरोना महामारीको कारण एक वर्ष पछि सरेको युरो जुन ११ बाट सुरु हुँदैछ ।

लिगकप नकआउटका आधारमा हुने यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहने छ । यस पटक युरोपको विभिन्न ११ शहरमा खेलहरु आयोजना हुनेछ । युरोकप नजिकै गर्दा क्लब फुटबलमा रमाईरहेका समर्थकहरु अब राष्ट्रको समर्थनमा निस्किएका छन् । कोरोना महामारीको बाबजुत समर्थकले यस पटक युरोकपको मज्जा लिने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0