यी हुन् युरोकपको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने १० खेलाडीहरु

फुटबल युरो कप

काठमाडौं : युरोपियन च्याम्पियनसिप अर्थात युरोकप भोली शुक्रबारबाट सुरु हुँदै छ । कोरोना माहामारीका कारण अघिल्लो बर्ष प्रभावित भएको प्रतियोगीता सोहि नाममा यसबर्ष हुन लागेको हो । इटालीको रोममा हुने प्रतियोगीताको उद्घाटन खेलमा घरेलु टोली र टर्की आमने सामने हुनेछन् । फाइनल खेल लन्डनमा हुने छ ।

युरोकप २०२० को सबैभन्दा धेरै खेल बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा हुनेछ । जहाँ सेमिफाइल र फाइनलसहित ८ खेल हुनेछ । वेम्बलीमा समूह चरणमा इङ्ल्याण्डले खेल्ने तीन खेल हुनेछ । यस्तै प्रिक्वाटरफाइनलको दुई, सेमिफाइनलको दुई र फाइनल खेल पनि वेम्बलीमा हुनेछ । आज हामी तपाईलाई सन् १९६० बाट सुरु भएको युरोकपमा अहिलेसम्म सर्वाधिक गोल गर्ने १० खेलाडीको बारेमा बताउदैछौ ।

१०) नुनो गोमेस : पोर्चुगलका नुनो गोमेस यस सूचीको १०औं स्थानमा पर्दछन। बेन्फिकाका पूर्व स्टार खेलाडी नुनोले युरोकपमा पोर्चुगलको लागि ५ गोल गर्न सफल भएका थिए।

९) जलाटान इब्राहिमोभिच : फुटबल जगतमा इब्राहिमोभिचको परिचय दिन जरुरी छैन। स्वीडेनका पूर्व कप्तान इब्राहिमोभिचले युरो कप प्रतियोगितामा ५ गोल गरेका छन्। सन्यासबाट फिर्ता आएका इब्राहिमोभिचले इन्जुरीका कारण यस वर्षको प्रतियोगिता भने गुमाउने तय छ।

८) थिएरी अनरी : वर्ल्ड कप तथा युरो कप विजेता फ्रान्सका अनरी यस सूचीको ८औं स्थानमा पर्न सफल भएका छन्। उनले फ्रान्सका लागि ५ युरो कप गोल गरेका थिए।

७) वेन रुनी : इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता तथा म्यान्चेस्टर युनाइटेडका पुर्व कप्तान वेन रुनी यस सूचीको ७औं नम्बरमा पर्न सफल भएका छन्। सन् २००४ मा : युरो कपमा डेब्यू गरेका रुनीले इंग्ल्याण्डका लागि ५ युरो कप गोल गर्न सफल भए।

६) प्याट्रिक क्लुभर्ट नेदरल्याण्ड्सका खतरनाक स्ट्राइकर क्लुभर्ट यस सूचीको ६औं नम्बरमा पर्न सफल भएका छन्। उनले युरोकपमा नेदरल्याण्ड्सका लागि ५ गोल गरेका थिए।

५) रुड भ्यान निस्टलरुई : यस सूचीको ५औं स्थानमा रहेका खेलाडी हुन् नेदरल्याण्ड्सका पूर्व स्ट्राइकर रुड। म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व सुपरस्टार रुडले यस सूचीमा ५ गोल गरेर परेका सबै खेलाडी भन्दा कम समयमा सो संख्यामा पुग्न सफल भएका हुन्।

४) एन्टोइन् ग्रिजम्यान् : फ्रान्सका एन्टोइन् ग्रिजम्यान्ले युरो कपमा ६ गोल गरिसकेका छन्। अहिले यस सूचीमा सम्मिलित १० खेलाडी मध्ये ग्रिजम्यान युरो २०२० खेल्न गइरहेका दुई मध्येका एक खेलाडी हुन्। सन् २०१८ फिफा विश्वकप विजेता ग्रिजम्यानले यस युरो कपमा आफ्नो गोल संख्या अवश्य पनि बढाउने छन्।

३) एलन शियरर : युरो कपमा ९ खेल खेलेर ७ गोल गर्न सफल भएका इंग्ल्याण्डका पूर्व स्ट्राइकर शियरर यस सूचीको तेस्रो स्थानमा रहेका छन्। इंग्लिश प्रिमियर लिगका सर्वाधिक गोलकर्ता शियररले सन् १९९६ मा ५ गोल गर्दा पनि इङ्ल्यान्ड प्रतियोगिता जित्नबाट चुकेको थियो।

२) क्रिस्टियानो रोनाल्डो : सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डोको नाम नपर्ने कुरै भएन। सन् २०१६ को युरो कप विजेता रोनाल्डोले यस प्रतियोगितामा ९ गोल गरिसकेका छन्। युरो २०२० खेल्न गइरहेका रोनाल्डोले यस प्रतियोगितामा आफ्नो गोल संख्या अवश्य पनि बढाउने छन्। उनी युरो कपको सर्वाधिक गोलकर्ता बन्नबाट मात्र १ गोल टाढा छन्।

१) मिचेल प्लेटिनी : तीन पटक ‘बालोन डे ओर’ विजेता फ्रान्सका प्लेटिनी युरो कप प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन्। ५ युरो कप खेलमा ९ गोल गर्न सफल भएका प्लेटिनीले सन् १९८४ मा फ्रान्सलाई युरो कपको उपाधि पनि दिलाए। उनले त्यस प्रतियोगितामा २ ह्याट्रिकका साथै फाइनल खेलमा महत्वपूर्ण गोल पनि गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0