युरोकपको ‘ग्रुप अफ डेथ’ समुह ‘एफ’ जहाँ छन् चारै वटा दाबेदार देश

फुटबल युरो कप

काठमाडौं । आजदेखि युरोकप फुटबल सुरु हदैछ । मिनि बिश्वकपको रुपमा समेत चिनेने युरोकपको उद्घाटन खेल इटली र टर्कीबीच इटलीको रोममा शुक्रबार हुनेछ भने फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ । पहिलो पटक युरोकप एकभन्दा धेरै देशमा हुन लागेको हो । युरोकपको ६०औं वर्षगाँठको अवसरमा युरोकप २०२० विभिन्न ११ देशको ११ शहरमा आयोजना हुँदैछ ।

अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा तीन १२ पटक एकै देशले युरो आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए । युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ । हुन त यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११–१२ वटा रंगशालामा खेल हुने गरेको थियो । यसपटक देश फरक भए पनि ११ वटै रंगशालामा खेल हुनेछ ।

यसपटकको युरोकपमा टिमहरुलाई बिभिन्न ६ समुहमा बिभाजन गरिएको छ । जसमा समूह एमा टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड, समूह बीमा डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया, समूह सीमा नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया, समूह डीमा इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र, समूह ईमा स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया र समूह एफमा हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी रहेका छन् । समूह ‘एफ’ लाई ग्रुप अफ डेथ समेत मानिएको छ । आउनुस एकछिन यसै समुहको बारेमा चर्चा गरौ ।

समूह ‘एफ’- रुप अफ डेथ

समुहको सबैभन्दा बलियो टिम पोर्चुगल हो । हालसम्म ७ पटक युरोकप खेलेको पोर्चुगल त्यसमा दुईपटक फाइनल, तीनपटक सेमिफाइनल र दुईपटक क्वाटरफाइनलसम्म पुगेको छ। पोर्चुगलले पछिल्लो युरोकपको फाइनलमा फ्रान्सलाई १-० गोलले हराएर उपाधि जितेको थियो।

त्यस्तै पहिलो सहभागितामै सन् १९७२ मा उपाधि जितेको जर्मनी तीनपटक समूहगत चरणबाटै बाहिरिनुबाहेक सबैमा कम्तिमा सेमिफाइनल पुगेको छ। पहिलो सहभागितामै सन् १९८४ को संस्करण जितेको फ्रान्स सन् १९९२ यता हरेकपटक यो प्रतियोगिता खेलिरहेको छ। फ्रान्स प्रतियोगिताको साविक उपविजेता र विश्वकपको साविक विजेता हो।

हंगेरीले ४२ वर्षपछि युरोकप खेलेको थियो, सन् २०१६ मा। त्यतिबेला प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। त्यसअघिका दुवै सहभागितामा उसले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
13
+1
5
+1
7
+1
7
+1
4
+1
5