मिचेल मार्स आइपिएलबाट बाहिरिए

क्रिकेट

काठमाडौं– सनराइजर्स हैदराबादका अलराउण्डर मिचेल मार्स इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएका छन्। रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलको क्रममा घाइते भएका मार्सले यो सिजनको बाँकी खेल गुमाउने भएका छन्।

बैंग्लोरविरुद्ध बलिङ गर्ने क्रममा उनको खुट्टामा समस्या देखिएको थियो। उनको स्थानमा वेष्ट इन्डिजका अलराउण्डर जासन होल्डरलाई टिममा अनुबन्धन गरिएको हैदराबादले जानकारी दिएको छ।

बैंग्लोरविरुद्ध ४ बल मात्रै मार्सले बलिङ गरे। ब्याटिङतर्फ भने उनी शून्य रनमै आउट भएका थिए। उनले खेल्दाखेल्दै घाइते भएका कारण दोस्रो पटक आइपिएल गुमाएका हुन्। यसअघि २०१७ को आइपिएलमा कुममा समस्या आएपछि राइजिङ पुने सुपरजाइन्टसबाट बाहिरिएका थिए।

मार्सलाई सनराइजर्स हैदराबादले २ करोड मूल्यमा टिममा राखेको थियो। पहिलो रोजाइका खेलाडी नै घाइते हुँदै आइपिएलबाट बाहिरिएपछि हैदराबादलाई ठूलो झड्का लागेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0