अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपाली प्रशिक्षक अल्मुताइरीको घोषणा

फुटबल

काठमाडौं, जेठ २७ : विश्पकप र एसियाकपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार साँझ९ः४५ बजेएसियन पावरहाउस अस्ट्रेलियाको सामाना गर्ने छ। नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरूद्धकाे खेलमा नतिजा भन्दा पनि प्रदर्शन राम्रो बनाउनेमा केन्द्रित हुने बताएका छन्।

खेलको पूर्व सन्ध्यामा सम्पन्न खेलमा प्रेस कन्फ्रेन्समा अलमुताइरीले अस्ट्रेलियाविरुद्ध नतिजा भन्दा पनि राम्रो खेल प्रस्तुत गर्नेमा केन्द्रित हुने बताए। “युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे खेल निकै राम्रो देखिने छ । मलाई थाँहा छ अष्ट्रेलिया जस्तो देशसँग खेल्न निकै चुनौती छ । तर, हाम्रो लागि यो खेल निकै महत्वपूर्ण छ,” प्रशिक्षक अल्मुताइरीले भने ।

उनले अस्ट्रेलियाविरुद्धको खेल नेपालका लागि सजिलो नहुने पनि बताए । “आशा गरौ हामी अष्ट्रेलियाविरुद्ध एक उत्कृष्ट खेल पस्कने छौं । हाम्रो खेल्ने तरिकामा सुधार ल्याउँदै समर्थकलाई खुसी बनाउने योजना हाम्रो रहेको छ,” प्रशिक्षक अल्मुताइरीले दीर्घकालीन योजनामा अगाडि बढेको दाबी गर्दै थपे, ‘हाम्रो लक्ष्य पक्कै पनि साफ च्याम्पियनसिप नै हो। सेप्टेम्बरमा हुने यस प्रतियोगिताका लागि तयारी हाम्रो मुख्य लक्ष्य हो र हामी यसै अनुसार अगाडि बढिरहेका छौं।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
7
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *