अष्ट्रेलियाका प्रशिक्षक जर्हाम अर्नाेल्डले नेपाली टिमको तारिफ गर्दै भने ‘नेपाल मेहनती टिम हो’

फुटबल

काठमाडौं, जेठ २७ : फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनौट खेल अन्तर्गत नेपालले भोली शुक्रवार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार साँझ९ः४५ बजे हुने छ।

खेलअघि भएको प्रिम्याच कन्फ्रेसमा अष्ट्रेलियाका प्रशिक्षक जर्हाम अर्नाेल्डले नेपाली टोली एकदमै मेहनती रहेको बताएका छन्। उनले आफूहरु नेपालसँग खेल्नका लागि उत्साहित भएको पनि बताए । “नेपाल मेहनती टिम हो।” नेपालले फुटबल खेल्ने तरिकामा परिवर्तन आएको भन्दै उनले थपे, “नेपालविरुद्ध खेल्न हामी उत्साहित छौं।”

आर्नोल्डले नेपालविरुद्धको खेलमा नया खेलाडीलाई मौका दिने कुरा पनि उल्लेख गरे। “हामीसँग २९ जना खेलाडी छन् जसमा ४ जना गोलरक्षक छन्, जो खेले पनि प्रदर्शन भने राम्रो हुनु पर्यो”, आर्नोल्डले भने। नेपाली टोली पहिलेजस्तो नभएको पनि उनले बताए । नेपाललाई आफूहरुले कमजोर नआँकेको उनको भनाइ छ । नेपाल अष्ट्रेलियासँगको पहिलो लेगमा ५–० ले पराजित भएको थियो ।

छनोटको समूह बीमा नेपालको विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने सम्भावना सकिको छ । तर एसिया कप २०२३ को ढोका अझै खुल्ला रहेको नेपाली टोली निकै नै बलियो अस्ट्रेलियाको टोली सामु आफ्नो शानको लागि मैदान प्रवेश गर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *