जेम्स एन्डरसनले बनाए इङ्ल्यान्डबाट सबैभन्दा धेरै टेष्ट खेल्ने कीर्तिमान

क्रिकेट

काठमाडौं : तिब्र गतिका बल जेम्स एन्डरसनले इङ्ल्यान्डबाट सबभन्दा धेरै टेष्ट क्रिकेट खेल्ने कीर्तिमान बनाएका छन्। २००३ मा डेब्यू गरेका एन्डरसनले इङ्ल्यान्डबाट १६२औं टेष्ट खेल्दै कीर्तिमान बनाएका हुन्।

३८ वर्षे एन्डरसनले न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्ट खेल्दै पूर्वकप्तान एलेस्टर कुकले बनाएको कीर्तिमान तोडेका हुन्। पूर्वकप्तान एलेस्टर कुकले १६२औं टेष्ट खेलेका थिए। इंग्ल्याण्डको लागि १५ जना क्रिकेटरले १ सयभन्दा बढी टेष्ट म्याच खेलेका छन्।

एन्डसनले सन् २००३ मा जिम्बावेविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । स्टिभ हार्मिसन, म्याथ्यु होगार्ड, अलराउन्डर एन्ड्रयु फ्लिन्टफ जस्ता खेलाडी टोलीबाट अलग भएपछि एन्डरसन मुख्य बलरमा रहँदै आएका छन् ।

टेस्ट क्रिकेटमा एन्डरसनभन्दा बढी विकेट लिने १३ खेलाडी छन् । त्यसमा ८ सय विकेटसाथ श्रीलंकाका मुथैया मुरलिधरन शीर्षस्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged