विश्वकप छनोटमा आज नेपालले बलियो अष्ट्रेलियासँग खेल्दै, कस्ले जित्ला त खेल ?

फुटबल

काठमाडौं, २८ जेठ । सन् २०२३ मा चीनमा हुने एसिया कप र २०२२ मा कतारमा हुने विश्‍वकपको संयुक्त छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । यो खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलियाविरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । समूह ‘बी’ मा रहेकाे अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।

नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ । जारी छनोटमा नेपालले यसअघि चाईनिज ताईपेलाई २–० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ । प्रशिक्षक अलमुताइरीले आजको खेलमा अन्य युवा खेलाडीले पनि मौका पाउन सक्ने कुरा बताएका छन् ।

नेपाल यसअघि अस्ट्रेलियासँग भएको पहिलो खेलमा ५-० गोलले पराजित भएको थियो। नेपाली टोलीलाई विश्वकप खेलिरहेको टोलीसँग फेरि एकपटक अनुभव बटुल्ने मौका हुने छ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0