युरोकप फुटबल आज रातिदेखि सुरु हुँदै, कस्ले जित्ल त उपाधी ?

फुटबल युरो कप

काठमाडौं, २८ जेठ । ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप फुटबल प्रतियोगिताको १६औं संस्करणको आजदेखि सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सँगै युरोकप औपचारिक रुपमा सुरु हुने भएको हो । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यसपटक युरोपका १० देशका ११ शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । जुलाई ११ सम्म खेलिने युरोकपको फाइनल खेल लन्डनस्थित वेम्ब्ले स्टेडियममा हुने तालिका छ ।

युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् ।

समूह विभाजन

समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0