युरोकप जित्ने टिमले कति पाउँछ पुरस्कार राशि ? जानीराखौं

फुटबल युरो कप

एजेन्सी । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकपको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राति टर्की र इटली खेल्दै छन् । इटालीको रोममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरहरु लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।

प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४/४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्। यसअघि सन् २०१६ मा भएको युरोकप फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो । यसपटक भने पोर्चुगल र फ्रान्स जर्मनीसँगै एकै समूहमा रहेका छन् ।

प्रतियोगिताको विजेताले १० मिलियन युरो प्राप्त गर्नेछ। उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन यूरो दिइनेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ।

समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ, बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ। युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा विजेताले ३४ मिलियन युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
11
+1
1
+1
7
+1
6
+1
0
+1
2