नेइमारको कप्तानिमा कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा, को को परे ?

फुटबल

काठमाडौं । घरलु मैदानमै १३ जुनदेखि सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगितका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा गरेको छ। ब्राजिलका प्रशिक्षक टिटेले कोपा अमेरिकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेका हुन्।

२४ सदस्यी टिममा स्ट्राइकिङको नेतृत्व नेइमारले सम्हाल्ने छन् । उनीसँगै स्ट्राइकरमा रोबर्टो फिर्मिन्हो, भिनिसियस, रिचार्लिसन, एभर्टन, ग्याब्रियल जेसुस र ग्याब्रियल बारबोसा छन्। यसैगरी मिडफिल्डमा कार्लोस कासेमिरो, डग्लस लुइस, एभर्टन रिबेरियो, फाबिन्हो, फ्रेड र लुकास पक्वेटा छन् ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शन र अर्जेन्टिनामा कोरोनाका कारण ब्राजिललाई नयाँ आयोजक तोकिएको हो ।

ब्राजिलको टिम

गोलकिपर : एलिसन, इडर्सन, वेभेर्टन
डिफेन्डर : थियागो सिल्भा, मार्क्युन्होस, डानिलो, एलेक्स सान्द्रो, इडर मिलिटाओ, रेनन्न लोडी, फिलिपे, इमर्सन
मिडफिल्डर : क्यासेमिरो, लुकास पाक्युटा, फाबिन्हो, फ्रेड, एभर्टन रिबेरियो, डोउग्लास लुइस
फरवार्ड : नेइमार, रोबर्टो फिर्मिनो, गाब्रियल जेसस, रिचार्लीसन, एभर्टन, गाब्रियल बार्बोसा, भिनिसियस जुनियर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
29
+1
4
+1
7
+1
4
+1
4
+1
7

Leave a Reply

Your email address will not be published. Required fields are marked *