नेपाली समय अनुसार हेर्नुस आजबाट सुरु हुने युरोकपको खेल तालिका

फुटबल युरो कप

काठमाडाैं । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ । यसअघि बढीमा दुई देशसम्मान प्रतियोगिता हुन्थ्यो ।

आजको उद्घाटन खेलमा इटली र टर्की आमने सामने हुँदैछन् । सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ ।

जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।

समूह विभाजन

समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

समूह चरण

शुक्रबार ११ जुन

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

आइतबार १३ जुन

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)
७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)

सोमबार १४ जुन

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)

मंगलबार १५ जुन

११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ९:४५ बजे/बुडापेस्ट)
१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति १२:४५ बजे/म्युनिख)

बुधबार १६ जुन

१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)
१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)

बिहीबार १७ जुन

१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)
१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)
१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)

शुक्रबार १८ जुन

१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)
२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)

शनिबार १९ जुन

२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)
२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)
२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)

आइतबार २० जुन

२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)
२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)

सोमबार २१ जुन

२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)
२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)
२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)
३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

मंगलबार २२ जुन

३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन
३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)

बुधबार २३ जुन

३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)
३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग
३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)
३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

प्रि–क्वाटरफाइनल

शनिबार २६ जुन

३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९:४५ बजे/आम्स्टरडम)
३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२:४५ बजे/लन्डन)

आइतबार २७ जुन

३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)
४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)

सोमबार २८ जुन

४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन

४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९:४५ बजे/लन्डन)
४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)

शुक्रबार २ जुलाई (क्वाटरफाइनल)

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)
४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

मंगलबार ६ जुलाई (सेमिफाइनल )

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)
५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

आइतबार ११ जुलाई : फाइनल

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0