युरो कपको सम्पुर्ण खेल नेपाली कमेन्ट्री सहित लाईभ हेर्न पाईने

युरो कप

काठमाण्डौ । युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आज रातिदेखि असार २७ गते सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको हो । युरोकपको १६ औं संस्करण युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ ।

युरोकप सुरु भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरैवटा देशमा आयोजना गर्न लागिएको हो । यस पटक सीमित दर्शकका बीच खेल हुनेछ । युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यस पटक युरोकप बेलायतको लण्डन, नेदरल्याण्ड्सको आमस्टर्डम, अजरवैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख, इटलीको रोम र रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

उद्घाटन खेल टर्की र इटलीबीच रोममा हुनेछ । समूह चरणदेखि क्वाटरफाइनलसम्मका खेलहरु विभिन्न शहरमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ । यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन् । युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ । यसअघि सन् २०१६ मा भएको युरोकपको उपाधि पोर्चुगलले जितेको थियो ।

नेपाली कमेन्ट्री सहित लाईभ हेर्न पाईने

यसैबिच ‘मिनि बिश्वकप’ नामले समेत चर्चित युरोकपमा सम्पुर्ण खेलहरु यसपटक नेपालमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने भएको छ । डिस होमको याक्सन स्पोट्स एचडी च्यानलले नेपालमा युरो कपको नेपाली कमेन्ट्री सहित प्रसारण गर्ने छ । त्यस्तै डिस होम गो एप मार्फत पनि लाईभ स्ट्रिमिङ हेर्न पाईने डिस होमले बताएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
2
+1
2
+1
1
+1
3
+1
2
+1
5