लियोनेल मेसीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिना टिमको घोषणा, को को परे ?

फुटबल

काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ । अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षकले गोलकिपर फ्रान्को अर्मानी र फरवार्ड लुकास अलारियोलाई टिममा राखेका छन् । गोलकिपर अर्मानीलाई बारम्बार कोरोना संङ्क्रमण भए पनि उनीलाई टिममा राखिएको छ । कोपामा अर्जेन्टिनाले पहिलो खेल आगामी जुन १५ विहान २:४५ मा चिलीसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शन र अर्जेन्टिनामा कोरोनाका कारण ब्राजिललाई नयाँ आयोजक तोकिएको हो ।

कोपाका लागि अर्जेन्टिनाको टिम

गोलकिपर : फ्रान्को अर्मानी, एलिमियानो मार्टिनेज, जुवान मुस्सो, अगस्टिन मार्चेसिन
डिफेन्डर : गोन्जालो मोन्टिल, निकोलास ओटामेन्डी, जर्मन पेजाल्ला, निकोलास टाग्लियाफिको, लुकास मार्टिनेज, मार्कोस अकुना, लिसान्द्रो मार्टिनेज, नहुइल मोलिना, क्रिस्टियन रोमेरो
मिडफिल्डर : लिएन्द्रो परेडेस, जिओभानी ले सेल्सो, पालाकोइस, निकोलास गोन्जालेज, गुइडो रोद्रिगेज, रोद्रिगो डे पाउल, अलेजान्द्रो गोमेज, एन्जेल कोरिआ, निकोलास डोमिन्ज्युज
फरवार्ड : लिओनल मेसी, लाउटारो मार्टिनेज, एन्जेल डि मारिया, जोआक्विन कोरिआ, सर्जियो अग्युरो, लुकास एलारियो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
7
+1
0
+1
2
+1
0
+1
2
+1
4
Tagged